एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — एम्बुलेन्सको ठक्करबाट घाइते एक महिलाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगबत्तीदेवी चौधरीको मृत्यु भएको हो ।

प्रदेश१–०२–००२च ३८४८ नम्बरको एम्बुलेन्सले मंगलबार पैदल यात्री चौधरीलाई कोसी राजमार्गस्थित सोनापुरमा ठक्कर दिएको थियो ।

ठक्करले घाइते उनको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका नारायण दाहालले बताए । एम्बुलेन्स र चालक पाँचथरको तुम्बेवाका चन्द्र राईलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी दुहबीले जनाएको छ ।


प्रकाशित : फाल्गुन २२, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?