कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ताप्लेजुङका आगलागी पीडितलाई प्रदेश सरकारद्वारा राहतको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश सरकारले ताप्लेजुङको मेरिङदेन-३ दोभानका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री शेरधन राईले बिहीबार आगलागी बस्तीमा पुगेर राहत सामाग्री उपलब्ध गराउनुका साथै थप राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।

ताप्लेजुङका आगलागी पीडितलाई प्रदेश सरकारद्वारा राहतको घोषणा

उनले आगलागी पीडित प्रति परिवारलाई ५० हजार नगद राहत उपलब्ध गराउने घोषणा गरेका हुन् । घर भाडा लिई बस्नेलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले घोषणा गरे ।

पीडितको अवस्था बुझ्‍न दोभान पुगेका राईले पीडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुल्हो र प्रेसर कुकर उपलब्ध गराउने घोषणा गरे । उनले संघीय सरकारसँग समन्वय गरी पीडित परिवारलाई थप सहयोग गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ क्विण्टल चामल, २ सय ५० किलो दाल, नुन, तेल, म्याट्रेस लगायतका सामाग्री राईले हस्तान्तरण गरे । आगलागीमा घाइते भएका स्थानीय भोला पौडेललाई उनले थप उपचारका लागि काठमाडौं पठाएका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?