प्रदेश १ सभाको बैठक चैत २ गतेसम्म स्थगित

देवनारायण साह

मोरङ — प्रदेश १ सभाको बिहीबार बोलाइएको बैठक चैत २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेश १ सभाको बैठक चैत २ गतेसम्म स्थगित

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सभामुख प्रदिपकुमाार भण्डारीले बिहीबार दिउँसो १ बजे बोलाएको प्रदेशसभा बैठक विशेष कारणले चैत २ गते १२:३० बजेसम्मका लागि स्थगित गरेको बताए ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फागुन ९ गते प्रदेशसभामा प्रवेश पाएको छ । उक्त प्रस्तावमाथि बिहीबारबाट छलफल सुरु हुने अवस्थामा सभामुख भण्डारीले बैठक मिति परिवर्तन गरेका हुन् । फागुन ९ गतेको बैठकमा सरकार पक्षको अनुपस्थितमा अविश्वासको प्रस्ताव बैठकमा पेस भएको थियो ।


सत्ता पक्षले बिहीबारको बैठकमा सरकारका मन्त्रीहरु उपस्थित नहुने र सांसदहरु सहभागी भएर नियमापत्ति जनाउने तयारी गरेकाले सभामुख भण्डारीले बैठक बस्नु एक दिन अगावै सूचना टाँस गरेर चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेको हो ।

प्रकाशित : फाल्गुन १९, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?