क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली मंगलबार झापा आउँदै

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रधानमन्त्री केपी शर्मा ओली बिर्तामोडमा निर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि मंगलबार झापा आउँदै छन् ।

क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली मंगलबार झापा आउँदै

उनी गत आइतवार पनि आफ्नो निर्वाचन क्षेत्रका विकास योजना उद्घाटन र शिलान्यासका लागि झापा आएका थिए । झापास्थित सुरक्षा स्रोतका अनुसार उनी बिहान साढे ११ बजे आइपुग्नेछन् ।

अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री भानुभक्त ढकाल र पूर्वमन्त्री महेश बस्नेत आउने जनाए ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?