कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालिका बलात्कार प्रयास गर्ने पक्राउ

देवनारायण साह

मोरङ — जहदा गाउँपालिका–१ की ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाका फरार प्रतिवादी ४५ वर्षीया राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गरेको छ । जहदा–१ का सरबरियालाई सुनसरीको साहेबगञ्जस्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको डीएसपी मानबहादुर राईले बताए ।

बालिका बलात्कार प्रयास गर्ने पक्राउ

सरबरियाले बालिकामाथि जबरजस्ती करणी प्रयास गरेको घटना सात दिनपछि सार्वजनिक भएको थियो । घटना गाउँमै मिलापत्र गराउन खोज्ने दुई जनालाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको थियो ।

फागुन ६ मा भएको घटना गाउँमै मिलाउन दवाब दिनेमध्येका स्थानीय पर्शुराम सरवरिया र सानदेव सरवरियालाई खोजेको बखत हाजिर हुने सर्तमा जिम्मा जमानीमा छाडेको इप्रका रानीका प्रमुख इन्सपेक्टर दीपक थापाले बताए । घटनाको सात दिनपछि पीडित परिवारले गत बिहीबार प्रहरीमा जाहेरी दिएका थिए ।

प्रकाशित : फाल्गुन १६, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?