२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बस दुर्घटनामा घाइते भएका रामबहादुरको ह्विलचेयरमा मेची–महाकाली यात्रा 

‘हामी अपाङ्गहरु केही गर्न सक्दैनौँ भन्ने राज्यको सोच परिवर्तन गर्ने उद्देश्य नै यात्राको मूल उद्देश्य हो ।’
पर्वत पोर्तेल

काँकडभिट्टा — २०६७ पुस १८ गते काभ्रेको दोलालघाटमा एउटा यात्रुवाहक बस पल्टियो । दुर्घटनामा केहीको मृत्यु भयो । केही घाइते भए । त्यही दुर्घटनामा परेर सिन्धुपाल्चोक बलेफीका ३८ वर्षीय रामबहादुर तामाङको कम्मरमुनिको भाग चल्न छाड्यो ।

बस दुर्घटनामा घाइते भएका रामबहादुरको ह्विलचेयरमा मेची–महाकाली यात्रा 

दुर्घटनामा अपाङ्ग बनेका तामाङले शनिबार मुलुकको पूर्वी नाकाबाट ह्विलचेयरमै मेची–महाकाली यात्रा सुरु गरेका छन् । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहाल, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुभद्रा भट्टराईलगायतले बिदाइ गरेका थिए ।

तामाङलाई यात्रामा मानबहादुर तामाङले सहयोग गर्ने छन् । उनी भने साइकलमा रहने छन् । करिब ४२ दिनभित्र यात्रा सम्पन्न गर्ने तामाङको लक्ष्य छ । ‘दैनिक न्यूनतम ४० किलो मिटरसम्म यात्रा गर्ने लक्ष्य छ,’ उनले भने ।

अपाङ्गता भएकाहरुलाई राज्यले हरेक क्षेत्रमा उपेक्षा गरेको अनुभव उनीसँग छ । उनी थप्छन्,‘हामी अपाङ्गहरु केही गर्न सक्दैनौँ भन्ने राज्यको सोच परिवर्तन गर्ने उद्देश्य नै यात्राको मूल उद्देश्य हो ।’ व्यक्तिगत खर्चमा उनले यो यात्रा सुरु गरेका हुन् ।

प्रकाशित : फाल्गुन १५, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?