३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तेह्रथुमको सिद्धकाली माविमा आगलागी

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ ।

तेह्रथुमको सिद्धकाली माविमा आगलागी

विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर आगलागी सुरु भएको विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद दुलालले जानकारी दिए । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा १ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रधानाध्यापक दुलाले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने विद्यालयले जनाएको छ । आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्री समेत जलेको छ । बिहान १० बजे शिक्षक, विद्यार्थी, स्थानीय अभिभावक र प्रहरी मिलेर आगो निभाइएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?