२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दुई लाख घूससहित फार्मेसी अधिकृत पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — औषधि व्यवस्था विभाग विराटनगर कार्यालयका फार्मेसी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी इकाइ टोलीले दुई लाख रुपैयाँ घूससहित बिहीबार पक्राउ गरेको छ ।

विराटनगर–३ स्थित एक होटलबाट सुवेदीलाई सेवाग्राहीबाट घूस रकम लिएलगत्तै अख्तियारको टोलीले पक्राउ गरेको हो ।

बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले सेवाग्राहीसँग घूस लिएपछि नियन्त्रणमा लिइएको अख्तियारको टोलीले जनाएको छ । सुवेदीलाई थप अनुसन्धानका लागि अख्तियारको इटहरी इकाइ लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?