कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

संखुवासभामा पेट्रोल पम्पमा आगलागी

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको चैनपुरमा मंगलबार दिउँसो श्रेष्ठ आयल सप्लायर्समा आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ ।

चैनपुर बजारमा रहेको पम्पमा आगोलागीबाट पेट्रोल ट्यांकीको भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । पेट्रोल पम्पमा डिजेल २० हजार लिटर थियो । पेट्रोल ९ हजार लिटर ट्यांकीमा खन्याउने क्रममा आकस्मिक रुपमा आगलागी भएको सञ्चालक अनोद श्रेष्ठले बताए ।

आगोलागीबाट पेट्रोल पम्पमा डेढ करोड बराबरको क्षति भएको अनुमान गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्यले बताए । आगोलागीबाट आयल निगमसँगै जोडिएको राउत कम्प्लेक्सको घरमा समेत क्षति पुगेको छ । आगोले शुभ होटल¸ टच हेल्पिङ हेण्ड्स पोलिक्लिनिक, रेडियो अरुण लगायतका भवन आंशिक क्षति पुगेको छ ।

सशस्त्र प्रहरी बल, प्रहरी र स्थानीयबासीको पहलमा आगो नियन्त्रणमा आइसकेको छ । आगोलागीका कारण चैनपुर ६ का पम्पमा कार्यरत कर्मचारी सविन श्रेष्ठ सामान्य घाइते भएका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?