म्याद थप गर्न लगिएका थुनुवा अदालतबाटै हत्कडीसहित फरार- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद थप गर्न लगिएका थुनुवा अदालतबाटै हत्कडीसहित फरार

देवनारायण साह

मोरङ — प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेका दुई जना जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका छन् । कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुवै जनालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । दुवै जनालाई ५/५ दिनको म्याद थप गराएपछि अदालतकै क्यान्टिनमा खाजा खाने क्रममा उनीहरू फरार भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

हतकडीसहित भागेका उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीले जनाएको छ । ‘गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रूपमा लिएर अनुसन्धान थालिएको छ,’ डीएसपी राईले भने । खाजा खानुअघि उनीहरूले प्रहरीको मोबाइल मागेर फोन पनि गरेका थिए । फोनमार्फत सम्पर्कमा भएका व्यक्तिलाई बोलाएर उनीहरू प्रहरीकै ‘सेटिङ’मा भागेको हुन सक्ने पक्षबाट समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

म्याद थप गर्न लिएर जाने प्रहरीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । ‘म्याद थप गर्न थुनुवा लिएर गएका र लापरबाही गर्ने केही प्रहरीलाई नियन्त्रणमा लिएर घटनाको सोधपुछ तथा छानबिन थालेका छौं,’ उनले भने, ‘छानबिनपछि सबै कुरा बाहिर आउँछ ।’ अहिले सम्भावित सबैतिर फरार भएका दुवै जनाको खोजी भइरहेको पनि उनले जानकारी दिए

प्रकाशित : फाल्गुन ११, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

न्यायालयको फैसला सबैले मान्‍नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

रासस

चितवन — उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् ।  प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन्। 

'न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ?,' उनले भने, 'न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?' शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए ।

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि संकट आएका कारण दिगो हुन नसकेको पोखरेलले बताए । उनले भने, 'राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो । ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?'

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोसिस नगर्न सबैलाई अनुरोध गरे । उनले भने, 'यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।' उनले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित : फाल्गुन ११, २०७७ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×