ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको हो ।

अगाडि रहेको गाडीलाई ओभरटेक गरिरहेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको को३१प ५१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका दुवै जनाको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । दुर्घटनामा स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ट्रकको पनि अगाडिको भागमा क्षति पुगेको छ ।

ट्रक चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाल र ट्रक नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?