अलैंचीका पाँच जात पहिचान

कान्तिपुर संवाददाता

ताप्लेजुङ — नेपाली अलैंचीका पाँच जात पहिचानपछि दर्ता प्रक्रिया सुरु भएको छ । नेपालमा उत्पादन हुने १४ मध्ये रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ जातका अलैंची पहिचान गरी दर्ता प्रक्रियामा रहेको अलैंची विकास केन्द्र फिक्कल इलामले जनाएको छ ।

अलैंचीका पाँच जात पहिचान

कृषि मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशन भएपछि यसले मान्यता पाउने विकास केन्द्रका बाली संरक्षण अधिकृत देवेन्द्र शाहले बताए । यो मान्यता अन्तर्राष्ट्रिय स्तरको हुन्छ । नेपालमा अहिलेसम्म अलैंचीको जात पहिचान तथा दर्ता नभएकाले यसको सुरुवात गरिएको उनको भनाइ छ । जात पहिचानका लागि कृषि विकास मन्त्रालयका महानिर्देशकको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ ।

यो समितिले विस्तृत अध्ययन गरेर दर्ताका लागि सिफारिस गरेको हो । कृषि मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको समितिले अनुमोदन गरेपछि यसले मान्यता पाउनेछ । त्यसपछि भने रोगकिरा लागे वा सरकारी अनुदान दिनुपर्दा यी जातले प्राथमिकता पाउँछन् । उस्तै जातको अलैंची उत्पादन हुने नेपालले जात पहिचान नगर्दा छिमेकी देश भारतले गरेको पहिचानका आधारमा चलिरहेको छ । दर्ता भएपछि नेपाली अलैंचीलाई अरू कसैले दाबी गर्न नसक्ने फिक्कलमा लामो समय कार्यालय प्रमुख रहेका पदम अधिकारीले बताए । अधिकारी प्रमुख हुँदै सिफारिस समितिको बैठक बसेको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?