कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाटकबाट सत्ता र पितृसत्ताको विरोध [तस्बिरहरु]

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र महिलामाथि जारी हत्या र हिंसाजन्य घटनाको विरोधमा शुक्रबार झापाका रंगकर्मीहरुले सडकमा नाटक देखाएर प्रदर्शन गरे ।

नाटकबाट सत्ता र पितृसत्ताको विरोध [तस्बिरहरु]

कालो पोसाक । टाउकोमा कालो फेटा अनि मुखमा कालै मास्क । यसरी प्रस्तुत भएका रंगकर्मीको टोलीले मुलुकको पूर्वी नाकामा नाटकमार्फत सत्ता र पितृसत्ता दुवैको तीव्र विरोध जनाए ।


नाटकले महिलामाथि भइरहेको बलात्कार र हत्याका साथै पितृसत्ताको विरोध त गऱ्यो नै सँगै राजनीतिक सत्ताको पनि खुलेर विरोध जनाएको थियो ।


अर्की सम्झना, अर्की निर्मला म बन्न चाहन्ना ।

यो अत्याचार अब सहिन्नँ

अब म बोल्छु, मौन रहन्नँ ।


परिवर्तन थिएटरका रंगकर्मीले करिब १० मिनेट छोटो नाटक मार्फत यी दुवै सत्ताको आलोचना गर्न भ्याए । रंगकर्मीसहितको टोलीले हिंसाको विरोधमा मार्चपास समेत गऱ्यो ।


झापाका विभिन्न दल, पेशाकर्मी, सामाजिक संघ संस्थाको अगुवाईमा आयोजित नागरिक आन्दोलनले ओली सरकारको कदमलाई प्रतिगामी भन्दै बजार घुम्दै नाराबाजी समेत गरेको थियो ।


प्रदर्शनमा नाटकसँगै विभिन्न स्रष्टा र सर्जकहरुका कविता वाचन गरिएको थियो । ओलीको गृह जिल्लामा उनको कदमको विरोधमा सर्जकहरु धमाधम सडकमा आउन थालेका छन् । शुक्रबारै दमकमा समेत स्रष्टाहरुले कवितामार्फत ओली कदमको विरोध गरेका थिए ।


प्रकाशित : फाल्गुन ७, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?