श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

पर्वत पाेर्तेल

काँकडभिट्टा — श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

झापाको भद्रपुर नगरपालिका–७ घर भई स्थानीय बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा अस्थायी बसोबास गर्ने चिया श्रमिक ५८ वर्षीय साहेबा उराउलाई प्रहरीले पक्राउ गरेको हो । उराउले सामान्य घरायसी विवादका क्रममा ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई कुटपिट गरेका थिए ।

टाउकोमा ढुंगा प्रहारबाट कारण गम्भीर घाइते भएकी फिल्सिताको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्या आरोपी साहेबा उराउलाई झापा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?