कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भागरथीको हत्यामा संलग्नलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

डम्बरसिं राई

खोटाङ — बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिक्तेलस्थित पञ्च माविका विद्यार्थीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

भागरथीको हत्यामा संलग्नलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

उक्त विद्यालयका कानुन संकायका विद्यार्थीले खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत बुधबार ज्ञापनपत्र बुझाएका हुन् । घटनालाई तोडमोड, ढाकछोप र बहानाबाजीमा दोषीलाई उन्मुक्ति दिन नहुने ज्ञापनमा उल्लेख छ ।

दोगडाकेदार–७ निवासी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीको माघ २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो ।

प्रकाशित : माघ २८, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?