कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली सरकारले निर्वाचन गराउनै सक्दैन: नेता भट्टराई

धनकुटा — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारले कुनै हालतमा निर्वाचन गराउन नसक्ने ठोकुवा गरेका छन् ।

ओली सरकारले निर्वाचन गराउनै सक्दैन: नेता भट्टराई

उनले बलजफ्ती निर्वाचन गरे संविधानको अन्त्य भई मुलुकमा गम्भीर अवस्था आइपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध उक्त पार्टीले शनिबार धनकुटामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले पूर्व राजा महेन्द्रपछि प्रतिक्रान्ति गर्ने पंक्तीमा ओली रहेकोले उनको प्रवृत्तिको विरुद्ध जुट्ने बेला आएको बताए । ओली प्रवृत्तिविरुद्ध जनआन्दोलन भएमा हप्ता दिनभित्र सरकारले घुडा टेक्ने दाबी गरे ।

उनले प्रधानमन्त्री ओलीलाई छोटे राजा भएको व्यंग्य गर्दै चक्रवर्ती बादशाह ओलीले नक्कली राष्ट्रवादको हौवा फिजाउँदै गरेको बताए । भट्टराईले सडकमा रहेको दाहाल-नेपाल नेतृत्वको नेकपा प्रति पनि आशंका व्यक्त गरे । उनले पार्टी एउटै भएको भन्दै सडक आन्दोलन गर्ने दोधारे प्रवृत्तिका कारण सडकमा रहेको नेकपा पनि आफ्नो शंकाको घेरामा रहेको उल्लेख गरे ।

यसैगरी, पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री ओली तानाशाही बन्दै गएको भन्दै कटाक्ष गरे । सभालाई पार्टीका केन्द्रीय नेता रकम चेम्जोङलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : माघ २४, २०७७ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?