कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरकारी गाडी तोडफोड गरेको भन्दै मोरङमा दाहाल-नेपाल समूहका ६ जना पक्राउ

काठमाडौँ — आमहड्तालमा उत्रिएका नेकपा दाहाल-नेपाल समूह मोरङ संघर्ष समिति सह-संयोजक पारुल क्षेत्रीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी तोडफोड गरेको भन्दै मोरङमा दाहाल-नेपाल समूहका ६ जना पक्राउ

सरकारी गाडी तोडफोड र बन्द गराउँदै हिँडिरहेको अवस्थामा क्षेत्रीसहित संगम चौधरी, शारदा मैनाली, मिरा दाहाल पोखरेललगायतलाई विराटनगरस्थित तीनपैनी चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

बा १ झ ९११८ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरी तोडफोड गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी मानबहादुर राईले बताए ।

प्रकाशित : माघ २२, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?