चुनाव निर्धारित मितिमै हुन्छ : मन्त्री ढकाल

मोरङ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारले सम्पूर्ण नेपाली जनताका तर्फबाट फैसलाका लागि चुनावमा जाने निर्णय गरेको बताएका छन् । मोरङको सुन्दरहरैँचामा मंगलबार आयोजित युवा भेलामा उनले पार्टीमा ४४१ सदस्यको टाउको गन्नेभन्दा ३ करोड नेपालीबाट फैसला गर्न चुनाव घोषणा गरिएको बताएका हुन् ।  

चुनाव निर्धारित मितिमै हुन्छ : मन्त्री ढकाल

निर्धारित मितिमै चुनाव हुने भन्दै मन्त्री ढकालले ढुक्क भएर तयारीमा लाग्न युवा–कार्यकर्तालाई निर्देशनसमेत दिए । ‘चुनावमा जाने निर्णय लोकतान्त्रिक र विधिसम्मत अग्रगमनको निर्णय हो,’ उनले भने, ‘जनाधार गुमाएकाहरूले पराजित मानसिकताका कारण चुनावमा जानेभन्दा पनि संसद् पुनःस्थापना गरेर स्वार्थसिद्ध गर्न सकिन्छ कि भनेर नागरिकलाई भ्रमित पार्ने काम गरिरहेका छन् ।’

सरकारले धेरै काम गरेको दाबी गर्दै मन्त्री ढकालले प्रभावकारी र तीव्र गतिमा काम गर्न नेकपाभित्रबाटै अवरोध सिर्जना भएको बताए । सरकारले कामै गर्न नपाउने परिस्थित विकास भएकै कारण संसद् विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने निर्णय गरेको उनको भनाइ छ ।

प्रकाशित : माघ २१, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?