चन्द समूहका मोरङ इन्चार्ज पेस्तोलसहित पक्राउ

देवनारायण साह

मोरङ — नेत्रविक्रम चन्द समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विक हतियारसहित पक्राउ परेका छन् । डीबी सिलवाल पनि भनिने उनलाई मोरङ प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको छ ।

चन्द समूहका मोरङ इन्चार्ज पेस्तोलसहित पक्राउ

बूढीगंगा गाउँपालिका–४ मा बुधबार उद्योगी–व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलिरहेको गोप्य सूचनाका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका विक मिक्लाजुङ–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका प्रतिवादीसमेत रहेको उनले जानकार दिए ।

प्रहरीका अनुसार विकका साथबाट सेमी अटोमेटिक पेस्तोल, ३ राउन्ड गोली लोड भएको म्याग्जिन, विभिन्न कम्पनीका मोबाइल ४ र सिमकार्ड ५ थान बरामद गरिएको छ । विकले प्रयोग गरेको को२४प ४००५ नम्बरको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रकाशित : माघ ८, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?