टिपरको ठक्करले झापामा पैदलयात्रीको मृत्यु

पर्वत पाेर्तेल

काँकडभिट्टा — टिपरको ठक्करबाट झापामा एक जना पैदलयात्रीको ज्यान गएको छ । मेचीनगर–१३ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा मंगलबार साँझ टिपरले ठक्कर दिँदा पैदल यात्री स्थानीय १८ वर्षीया किशोरी अंशु शिवाकोटीको मृत्यु भएको हो ।


दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपरको ठक्करले पैदल यात्रीहरु स्थानीय १८ वर्षका राहुल बस्नेत र अंशु शिवाकोटी घाइते भएका थिए । बस्नेतको हात र खुट्टामा तथा शिवाकोटीको टाउको गम्भीर चोट लागेको थियो । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा शिवाकोटीको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जनाए ।

अर्का घाइतेको उपचार जारी छ । ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर ९ का ३२ वर्षीय सुमन ओझालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । ओझालाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ ७, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?