१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सुनसरीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सुनसरी — सुनसरीको इनरुवा–दुहबी सडक खण्डमा मंगलबार मध्याह्न साढे १२ बजे भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ  । १० जना घाइते भएका छन् ।

सुनसरीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

इनरुवास्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठका अनुसार इनरुवाबाट गएको मोटरसाइकल दुहबीबाट आएको मोइक्रोबस एकापसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुको दुहबीस्थित जीवन ज्योति मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

मृतकहरुमा मोटरसाइकल चालक इनरुवा– ३ बस्ने ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोबसका सहचालक राजविराज– १ सप्तरीका २१ वर्षीय शंकर यादव र इनरुवा–२ बस्ने २५ वर्षीया काजल मेहता रहेका छन् ।

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार दुहबी–इनरुवा सडकखण्डको कल्भर्ट नजिकै इनरुवाबाट जाँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल र दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस ठोक्किँदा दुर्घट्ना भएको थियो । घटनास्थलमा पुगेका प्रसनी श्रेष्ठले भने, ‘साँघुरो सडकमा इनरुवाबाट दुईवटा मोटरसाइकल गइरहेको बेला कल्भर्ट नजिकै पुग्दा माइक्रोबससँग ठोकिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’ माइक्रोबस सडकमा पल्टिएको अवस्था हेर्दा दुवै सवारी साधनले नियन्त्रण गुमाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित : माघ ६, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?