१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेकपा र प्रधानमन्त्री ओली दुवै असक्षम : प्रकाशचन्द्र लोहनी

मोरङ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेकपा र प्रधानमन्त्री ओली असक्षम सावित भएको बताएका छन् ।

नेकपा र प्रधानमन्त्री ओली दुवै असक्षम : प्रकाशचन्द्र लोहनी

विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले प्रधानमन्त्री ओलीको असक्षमताले बहुमतमा भएर पनि सरकार सञ्चालन गर्न नसकेको बताए ।

नेकपाभित्रको विवाद शक्ति, पद र पैसाको खेल भएको भन्दै अध्यक्ष लोहनीले प्रधानमन्त्री ओलीको कदमलाई गैरसंवैधानिक भएको बताए । उनले संसद् विघटनले दलहरुलाई फाइदा बेफाइदाभन्दा पनि संविधान अनुसार चल्ने कि नचल्ने भन्ने मुख्य कुरा भएको बताए । ‘बहुमतमा रहेका प्रधानमन्त्रीलाई संसद् विघटन गर्न संविधानले अधिकार दिएको छैन,’ उनले भने, ‘दुई पार्टी मिलेर वा एक व्यक्तिले समेत बहुमत पुर्‍याएर सरकार गठन गर्ने अधिकार संविधानमा हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक हो ।’

प्रधानमन्त्री ओलीको गतिविधि शंकास्पद भएको लोहनीको भनाइ थियो । ‘प्रधानमन्त्री ओलीले नयाँ नक्सासहितको किताब छाप्न रोक लागाएका छन्,’ उनले भने, ‘नेपाल सरकारले गरेको कुरामा रोक लगाउनु नै नियतमा खोट रहेको प्रष्ट हुन्छ ।’

उनले राजसंस्था र धर्म सापेक्षतालाई पार्टीले मुख्य एजेन्डाको रुपमा अगाडि बढाउने बताए । नेपालको पहिचानसँग राजसंस्थाको उपस्थिति जोडिएको लोहनीको भनाइ थियो । ‘देशको समृद्धि र विकासका लागि राजसंस्था अनिवार्य छ,’ उनले भने, ‘राजसंस्था पुन:स्थापनाका लागि जनमत संग्रह गर्नुपर्छ ।’

प्रकाशित : माघ ६, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?