२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बीपी प्रतिष्ठानमा उपचाररत थप एक संक्रमितको मृत्यु

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मंगलबार थप एक संक्रमितको मृत्यु भएको छ । ७७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

बीपी प्रतिष्ठानमा उपचाररत थप एक संक्रमितको मृत्यु

धनकुटा–४ बस्ने ती महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि धनकुटा जिल्ला अस्पतालले उनलाई प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई पुस १४ गते कोभिड अस्पतालमा भर्ना गरेर पीसीआर जाँच गर्दा पुस १६ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार पहिल्यैदेखि उच्च रक्तचापसम्बन्धी समस्या रहेकी ती महिलालाई करिब तीन सातासम्म भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।

प्रकाशित : माघ ६, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?