तोडफोडबाट जोगाउन यसरी जोडिए प्रदेशसभाका कुर्सी- प्रदेश १ - कान्तिपुर समाचार

तोडफोडबाट जोगाउन यसरी जोडिए प्रदेशसभाका कुर्सी

देवनारायण साह

विराटनगर — प्रदेश १ प्रदेशसभा सचिवालयले बुधबार दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारी पूरा भएको जनाएको छ । सचिवालयले बैठकमा कुनै किसिमको अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीलाई फलामको पातामा वेल्डिङ गरेर जोडेको छ ।

प्रदेश १ सभा हलमा तोडफोड जस्ता घटना नहोऊन् भनेर कुर्सीलाई वेल्डिङ गरेर फलामको पातामा जोडिँदै ।तस्बिर : देवनारायण/कान्तिपुर

बैठक कक्षमा नेकपा औपचारिक रूपमा विभाजित नभएकाले सत्ता पक्षका लागि एउटै लाइनमा कुर्सी राखिएको छ । ४७ जना मर्यादापालक रहेकामा १० जना थपिएको पनि सचिवालयले जनाएको छ।

दर्शकदीर्घा र पत्रकारका लागि प्रदेशसभाको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको सचिवालयका सचिव गोपाल पराजुलीले बताए । उक्त हलमा जडान गरिएको टेलिभिजनमा बैठकको गतिविधि पत्रकार र दर्शकले हेर्न पाउने उनले बताए ।

भामुख प्रदीपकुमार भण्डारीले भने कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छैनन । सचिव पराजुलीले समितिको बैठक सभामुखको अधिकारको विषय भएको र त्यो बुधबार बिहानसम्ममा बोलाउन सक्ने बताए ।

बुधबारदेखि बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुँदैछ । नेकपा दाहाल–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएकामा ५ जनाले हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा प्रस्ताव पारित गराउन ४७ मत चाहिन्छ ।

सम्बन्धित समाचार

के होला मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव ?

प्रकाशित : माघ ६, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

मेचीपारि बन्यो प्रहरी बिट

पर्वत पोर्तेल

काँकडभिट्टा — ‘मेचीपारिको नेपाल’ भनेर चिनिने झापाको भद्रपुर–५ मा दुई तले पक्की संरचनासहितको प्रहरी बिट निर्माण गरिएको छ ।

मेचीपारि निर्मित पक्की प्रहरी बिट । तस्बिर सौजन्य : जिप्रका, झापा

भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठले सोमबार एक समारोहबीच नवनिर्मित भवन उद्घाटन गरेका हुन् । विगतमा प्रहरी भाडाको घरमा बस्दै आएको थियो ।

नयाँ पक्की भवन बनेपछि सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहज हुने झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले जनाए । ‘सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिहरुको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने हाम्रो उद्देश्य हो,’ एसपी भट्टराईले भने ।

भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा बिट निर्माण भएको हो । निर्माण समितिका अध्यक्ष मनोज श्रेष्ठका अनुसार गत जेठ २४ मा निर्माण कार्य सुरु भई माघ ५ मा सकिएको थियो । करिब १६ लाख ८० हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

प्रकाशित : माघ ६, २०७७ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×