कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मेचीपारि बन्यो प्रहरी बिट

पर्वत पोर्तेल

काँकडभिट्टा — ‘मेचीपारिको नेपाल’ भनेर चिनिने झापाको भद्रपुर–५ मा दुई तले पक्की संरचनासहितको प्रहरी बिट निर्माण गरिएको छ ।

मेचीपारि बन्यो प्रहरी बिट

भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठले सोमबार एक समारोहबीच नवनिर्मित भवन उद्घाटन गरेका हुन् । विगतमा प्रहरी भाडाको घरमा बस्दै आएको थियो ।

नयाँ पक्की भवन बनेपछि सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहज हुने झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले जनाए । ‘सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिहरुको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने हाम्रो उद्देश्य हो,’ एसपी भट्टराईले भने ।

भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा बिट निर्माण भएको हो । निर्माण समितिका अध्यक्ष मनोज श्रेष्ठका अनुसार गत जेठ २४ मा निर्माण कार्य सुरु भई माघ ५ मा सकिएको थियो । करिब १६ लाख ८० हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

प्रकाशित : माघ ६, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?