२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुनसरीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

सुनसरी — सुनसरीका दुई बेग्लाबेग्लै ठाउँका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धरान–इटहरी सडक खण्डमा र बराहक्षेत्र नगरपालिकाको रानीखोला सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

सुनसरीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार कानेपोखरी गाउँपालिका– १ बस्ने २६ वर्षीय सनम याख्खाको मृत्यु भएको छ । चतराबाट बराहक्षेत्र मन्दिरतर्फ जाँदै गर्दा प्रदेश १ ०२–०४१ प ४९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । घाइते याख्खाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा शनिबार राति साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल सडकबाट करिब सय मिटर तल खसेको थियो । मोटरसाइकल चालक रहेका मोरङको कानेपोखरी गाउँपालिका–१ बस्ने इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत २५ वर्षीय प्रदिप राई सामान्य घाइते भएका छन् । राईको दरबन्दी दंगा नियन्त्रण प्रहरी गण दुहबीमा भएपनि रंगेलीमा कार्यरत छन् ।

यसैगरी धरान इटहरी सडकखण्डमा धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रक र धरानतर्फ आउँदै गरेको ३२ प ६७१६ नम्बरको मोटरसाइकल जुध्दा शनिबार राति धरान–१० बस्ने ३० वर्षीय विक्रम चेम्जोङको मृत्यु भएको छ । दुर्घटना शनिबार राति करिब ७ बजे इटहरी २ आपगाछीमा भएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक चेम्जोङ गम्भीर घाइते भएपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको केही घण्टापछि राति नै मृत्यु भएको प्रहरीले जनाएका छ ।

चेम्जोङले चलाएको मोटरसाइकल पछाडि सवार धरान १० बस्ने ३२ वर्षीय साहिल तुलाधरको प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धरान–५ बस्ने ४३ वर्षीय ट्रक चालक अमरबहादुर राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित : माघ ४, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?