धनकुटामा गृहमन्त्रीलाई कालो झन्डा देखाइयो

धनकुटा — गृहमन्त्री तथा नेकपा (ओली समूह) का सचिवालय सदस्य रामबहादुर थापालाई धनकुटामा कालो झण्डा देखाइएको छ । 

धनकुटामा गृहमन्त्रीलाई कालो झन्डा देखाइयो

नेकपा धनकुटाले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका लागि धनकुटा पुगेका थापालाई नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले कालो झन्डा देखाएका हुन् । उनी कडा सुरक्षाका साथ कार्यक्रमस्थल त्रिवेणी माध्यमिक विद्यालयतर्फ जाँदै गर्दा कालो झन्डा देखाइएको हो । उनीहरुले सरकार विरोधी नारासमेत लगाएका थिए ।

गृहमन्त्री थापा सेनाको हेलिकप्टरबाट गएका त्यहाँ पुगेका थिए ।

प्रकाशित : माघ ३, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?