कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

खरिदार मृत फेला

खोटाङ — जिल्ला अदालत खोटाङका खरिदार मृत फेला परेका छन् । सुर्खेत वीरेन्द्रनगर–११ घर भएका ३६ वर्षीय कमलदीप ढकाल बिहीबार बिहान दिक्तेलस्थित आफ्नै कोठामा मृत फेला परेका हुन् ।

बिहान अबेरसम्म नउठेपछि घरबेटीले बोलाउँदा भित्रबाट चुक्कुल लगाएको र नखोलिएपछि जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्य र दिक्तेल नगरप्रमुख दीपनारायण रिजाललगायतको रोहवरमा ढोका खोलेर हेर्दा मृत फेला परेको डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

बेलुकाको खाना खाएर कोठा पसेका ढकाल भित्रै घोप्टिएको अवस्थामा मृत फेला परेका हुन् । उनको शव छेउमा लोकसेवा आयोगका परीक्षाको तयारी पुस्तकहरू खुलै थिए । उनी नासुका लागि परीक्षाको तयारी गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?