१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिसो बढेपछि विद्यालय बन्द

खोटाङ — चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकामा एक साताका पढाइ बन्द गरिएको छ । 

विद्यार्थीमा निमोनिया, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि बुधबारदेखि माघ ६ गतेसम्मका लागि कक्षा बन्द गरिएको हो ।

गाउँपालिका अध्यक्ष शंकरबहादुर राईका अनुसार विद्यार्थीको स्वास्थलाई मध्यनजर गर्दै पुस २८ गते बसेको शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पालिकामा ६ वटा माध्यमिक, तीनवटा आधारभूत र २७ प्राथमिक गरी ३६ वटा विद्यालय छन् । यो अवधिमा आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, भौतिक निर्माण र कार्यतालिका निर्माणलगायतका प्रशासनिक काम गर्न गाउँपालिकाले सबै विद्यालयलाई पत्रचार गरेको अध्यक्ष राईले सुनाए ।

प्रकाशित : पुस २९, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?