१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बैंकको एटीएम फुटाउने पक्राउ

सुनसरी — धरान–१२ महेन्द्रपथस्थित एनआइसी एसिया बैंकको एटीएम फुटाउनेलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

बैंकको एटीएम फुटाउने पक्राउ

पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका छन् । मन्सुरीले आइतबार साँझ ७ बजेतिर एनआइसी एसियाको कार्यालय अगाडिको एटीएम मेसिन फुटाएर नगद झिक्न खोजेपनि नसकेपछि फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार एटीएम फुटाएपनि नगद भने निकाल्न नसकेपछि उनी फरार रहेका थिए । बैंकको एटीएम भएको स्थानमा जडान गरेको सीसीटिभी क्यामेराको फुटेज हेरेर चोरीमा संलग्नको खोजी गर्दा धरान–१८स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्रबाट मन्सुरीलाई फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

मन्सुरी यसअघि गाउँमै पनि चोरी घटनामा पटकपटक पक्राउ परेका थिए । उनलाई मंगलबार नै चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए ।

प्रकाशित : पुस २८, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?