कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धरानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

धरान — सुनसरीको धरानबाट प्रहरीले खैरो हेरोइनसहित दुई जना व्यक्ति पक्राउ गरेको छ ।

धरानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान १३ बस्ने २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका ५ बस्ने २४ वर्षीय सन्दीप राईलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार शंकास्पद अवस्थामा प्रधानलाई फेला परेपछि शरीर खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको थियो । प्रहरीले थप सोधपुछ गर्दा प्रधानले केराबारी बस्ने सन्दीपबाट खरिद गरेको बयान दिएका थिए ।

तत्कालै सन्दीपको खोजी गर्दा धरान वडा नम्बर–६, पानबारीमा खैरो हेरोइन खरिद गर्ने ग्राहक पर्खेर बसेको बेला पक्राउ परेको डीएसी बस्नेतले बताए । सन्दीपको शरीर खानतलासी गर्दा ७ सय मिलिग्राम खैरो हेरोइन फेला परेको बस्नेतले बताए । पक्राउ परेका दुवैलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : पुस २२, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?