कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजस्व छलीको आरोपमा धरानका दुई व्यवसायी पक्राउ

सुनसरी — राजस्व छली गरेर सामान ल्याएको र बिक्री वितरण गरेको आरोपमा सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले धरान १२ महेन्द्रपथमा हार्डवेयर व्यावासीय बाबुछोरालाई पक्राउ गरेको छ । उनीहरुको दुई हार्डवेयर पसल र गोदाम पनि सिल गरिएको छ ।

राजस्व छलीको आरोपमा धरानका दुई व्यवसायी पक्राउ

पक्राउ पर्नेहरुमा राम निवास भवनभित्रको ग्लोबल इम्पेक्सका सञ्चालक किसन अग्रवाल र एसएन इन्टरनेशनल प्रालिका सञ्चालक अग्रीम खेतान अग्रवाल रहेका छन् । किसन अग्रवाल बाबु हुन् भने अग्रीम छोरा हुन् । राजश्व अनुसन्धान कार्यालयका प्रमुख दिपक खड्काकाअनुसार अग्रवाल बाबुछोरालाई शुक्रबार नै राजश्व अनुसन्धान विभागको मुख्य कार्यालय काठमाडौं पठाइसकिएको छ ।

खड्काले भने, ‘विभागबाटै अग्रवाल बाबुछोराको कम्पनी ग्लोवल इम्पेक्स र एसएन इन्टरनेशनलले खरिद बिक्री गर्दा राजश्व छली गरेको सूचना आएकाले छापा मारिएको हो । करोडौंको कारोबार गर्ने अग्रवाल बाबुछोराले आफ्ना पसल र गोदाममा राखेका सामान खरिद बिक्रीको कागजपत्र दुरुस्त राखेको पनि पाइएन ।’ कारोबारको कागजपत्र नै फेला नपरेकाले केकति सामाग्रीको कति राजश्व छली भएको हो भन्न अहिलै नसकिएको पनि खड्काले बताए ।

खड्काको नेतृत्वमा आएको राजश्व अनुसन्धान विभागका ८ जनाको टोलीले बिहीबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म दुवै हार्डवेयर पसल र गोदाममा कागजपत्रको खोजी गरेका थिए । आवश्यक कागजपत्र नै नपाएपछि गोदाम र पसल सिल गरेको प्रमुख खड्काले बताए । उनले भने, ‘दुवै पसलको नाममा बाबुछोराले कारोबार गर्दा हुनुपर्ने आवश्यक कागजात, बिल विजक केही पनि फेला नपरेकोले सिल गरेर थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइएको छ । बाँकी कारबाही हरिहर भवनबाट हुन्छ ।’

अग्रवाल बाबु छोराले धरानमा करोडौं रुपैयाँको कारोबार गर्ने र खानेपानी संस्थान धरान शाखा अन्तर्गत खानेपानीको उपभोक्तामध्ये करिब २० हजार जनाको निजी धारा जडान गर्दा चाहिने पानीको मिटर र पाइप बिक्री वितरणमा एकाधिकार पाएको थियो ।

प्रकाशित : पुस १८, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?