१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ओलीको कदमविरुद्ध खोटाङमा दाहाल–नेपाल पक्षको प्रदर्शन

डम्बरसिं राई

खोटाङ — प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले दिक्तेलमा मंगलबार विरोध प्रदर्शन गरेको छ । ‌ओलीको असंवैधानिक कदमविरुद्ध स्थानीय हेलिप्याडबाट सुरु भएको जुलुस किरात चोक-हाटडाँडा पुगेर त्रिवेणीचोक–भवन गैरा पुगेर कोणसभामा परिणत भएको थियो ।

ओलीको कदमविरुद्ध खोटाङमा दाहाल–नेपाल पक्षको प्रदर्शन

कोणसभामा नेकपाका स्थायी आमन्त्रित सदस्य टंक राई, केन्द्रीय सदस्यहरु रामकुमार राई, राजन राई, समिता कार्की, दुर्गाजयन्ती राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नेकपा प्रदेश कमिटी सदस्यहरु ध्रुव बुढाथोकी, सुरेश राई, नेकपा जिल्ला अध्यक्ष पृथ्वी किराती, जिल्ला सचिवालय सदस्य जलशेर राई लगायतले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध भर्त्सना गरेका थिए ।

प्रकाशित : पुस १४, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?