आगलागीमा मोटर वर्कसप जल्यो

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोड नगरपालिका–४ स्थित ग्यालेक्सी मोटर वर्कसपमा आगलागी भएको छ । सोमबार साँझ साढे ७ बजे भएको आगलागीबाट वर्कसपमा बिक्री तथा मर्मतका लागि राखिएका ९ वटा अटो रिक्सा पूरै जलेका छन् ।

आगलागीमा मोटर वर्कसप जल्यो

३ सय कार्टुन मोबिल, गाडीका पार्ट्स नष्ट भएका छन् । आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । आगो बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको वारुणयन्त्रले दुई घण्टापछि नियन्त्रणमा लिएको वर्कसप सञ्चालक उमेश साहका दाजु रामनारायणले बताए ।

प्रकाशित : पुस १४, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?