३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रहरी र चन्द समूहका कार्यकर्ताबीच संखुवासभामा गोली हानाहान

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको हो । तर कुनै क्षतिको विवरण आएको छैन ।

जिल्ला ईन्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो । चन्द समूह कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फोटक सामग्री बरामद गरेको छ । प्रजिअ आचार्यका अनुसार भिडन्तपछि उनीहरु जंगलतिर भागेका छन् ।

उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।

प्रकाशित : पुस १२, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?