पाथीभरा क्षेत्रमा डढेलो

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा डढेलो लागेको छ । फेदीको बस्तीदेखि करिब ३ किलोमिटर पूर्वको जंगलमा डढेलो लागेको हो । यो मन्दिरसम्म नै पुग्ने सम्भावना रहेको माथिल्लो फेदीका बासिन्दाले बताए । माथिल्लो फेदीको बस्ती भने डढेलोको जोखिममा नरहेको माथिल्लो फेदीका राजेन्द्र महतले बताए ।

पाथीभरा क्षेत्रमा डढेलो

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो क्षेत्रमा बिहीबारदेखि नै डढेलो लागेको हो । शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले नियन्त्रणमा लिएका थिए । तर शुक्रबार राति फेरि डढेलो सुरु भएको हो ।

चिसोका कारण धेरै होटल तथा लज बन्द भएको र जनशक्ति कम भएका कारण आगो नियन्त्रणका लागि समस्या छ । आगो बढ्दै गए पाथीभरा जाने पैदलमार्गमा पर्ने एउटा धर्मशाला र चौतारा, फलैंचा जोखिममा रहेको महतले बताए ।

नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट टोली परिचालन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कर्मचारी नविन निरौलाले बताए । हिउँद याम सुरु भएसँगै जिल्लाका जंगली क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

प्रकाशित : पुस ११, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?