२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

धरानको कोभिड अस्पतालमा ६३ वर्षीय पुरुषको मृत्यु

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा शुक्रबार बिहान ८ बजे उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरानको कोभिड अस्पतालमा ६३ वर्षीय पुरुषको मृत्यु

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलकाअनुसार मोरङको विराटनगर महानगरपालिका–१२ का ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । मृतक दीर्घ रोगी थिए ।

प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालाले स्वाब संकलन गरेर बिहीबार दिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि वृद्ध पुरुषलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका संक्रमितहरुको मृत्युदर एक महिनाअघि दैनिक एकदेखि तीनजनासम्म थियो भने पछिल्लो दुई सातायता शुन्यमा झरेको छ । चिसो बढेसँगै कोरोना संक्रमितको मृत्युदर फेरि बढ्न सक्ने चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित : पुस १०, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?