कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बसको ठक्करबाट महिलाको मृत्यु

धनकुटा — धनकुटा नगरपालिका–७ जिरो प्वाइन्टमा बिहीबार बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारीकी ४५ वर्षीया गुना राईलाई बसले ठक्कर दिएको हो । 

बसको ठक्करबाट महिलाको मृत्यु

राईलाई धरानबाट तेह्रथुम जाँदै गरेको को१ख ४०७४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई आफू सवार बसबाट ओर्लने क्रममा दुर्घटनामा परेकी थिइन् ।

चालकसँगै बस नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ९, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?