कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धरानमा पेस्तोलसहित दुईजना पक्राउ 

सुनसरी — लागूऔषध ओसारपसारमा संलग्न दुई युवाको साथबाट प्रहरीले धरान १५ सयपत्री मार्गबाट दुई थान पेस्तोलसहित पक्राउ गरेको छ ।

धरानमा पेस्तोलसहित दुईजना पक्राउ 

पक्राउ पर्नेहरुमा सयपत्री मार्गका २७ वर्षीय देवीबहादुर लिम्बू र सोही वडाको महादेव चोकका २६ वर्षीय रन्सुर राई छन् ।

प्रहरीका अनुसार सोमबार दिउँसो २ बजे खानतलासी गर्दा लिम्बूको कोठामा रहेको लोबेडको घर्रामा लुकाएर राखेको मेडइन यूएसए लेखिएको म्याग्जिनसहितको अटोमेटिक पेस्तोल र निर्माण गर्ने मुलुक नखुलेको म्याग्जिन बिनाको एक थान पेस्तोल बरामद भएको थियो । पेस्तोल फेला पर्दा लिम्बूसँगै रन्सुर पनि थिए ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतकाअनुसार लागूऔषध कारोबारी पक्राउ गर्न जाँदा हतियार फेला परेको हो । उनले भने, ‘लागूऔषध त फेला परेन तर अवैधरुपमा लुकाएर राखेको दुई थान पेस्तोल फेला पर्‍यो ।’

उनीहरु दुवै लागूपदार्थका प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । लिम्बूले विदेश जान लागेको मात्र बयान दिएपनि के प्रयोजनका लागि कहाँबाट पेस्तोल ल्याएको हो त्यसबारे भने केही नभनेको डीएसपी बस्नेतले बताए । उनले भने, ‘धरानमा पछिल्लो समयमा लागूऔषधका कारोबारीहरुले अवैधरुपमा साना हतियार पनि राख्ने ट्रेन्ड देखिएको छ ।अनुसन्धान गरिरहेका छौं ।’

पक्राउ परेका दुवैलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बस्नेतले बताए ।

प्रकाशित : पुस ७, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?