घरमा आगो लाग्दा बालकको मृत्यु

विनोद भण्डारी

विराटनगर — विराटनगर–१४ जतुवाका राजेशदास सतनाको घरमा शनिबार राति अचानक आगो लाग्दा उनका १२ वर्षीय छोरा रविनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीमा राजेश, उनकी पत्नी इन्दुदेवी, छोरी नन्दनी र कान्छो छोरा नविन घाइते भएका छन् ।

तीन सन्तानसहित दम्पती सुतेको जस्ताको छानो भएको फुसको घरमा मध्यराति अचानक आगलागी हुँदा रविनको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले बताए । उनका अनुसार जाडोमा घुर ताप्न बालिएको आगोका कारण आगलागी भएको प्रारम्भीक अनुसन्धान प्रहरीको छ । मृतकको शव आगो निभाए पछिमात्र फेला परेको प्रहरीको भनाइ छ ।

प्रकाशित : पुस ५, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?