हात्ती आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान कोसी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

आरक्षका वार्डेन रामदेव चौधरीका अनुसार आरक्षमा बस्दै आएको मकुना हात्तीको आक्रमणबाट वडा नं ७ श्रीपुरका २७ वर्षीय प्रमोद यादवको मृत्यु भएको हो ।

हरिपुरस्थित गहुँ खेतमा पानी पटाउँदै गरेका यादवलाई बिहान ६ बजे हात्तीले आक्रमण गरेको थियो । बिहान बाक्लो हुस्सु लागेकाले हात्ती नजिकै आउँदा पनि यादवले देख्न नसकेको हुन सक्ने जनाउँदै उनको घटनास्थलमै मृत्यु भएको चौधरीले बताए ।

आरक्षमा करिब एक दशकदेखि उक्त हात्ती एक्लै हिँड्ने गरेको छ । यसले तीन वर्षयता ९ जनाको ज्यान लिइसकेको छ । २३ जना घाइते भएका छन् ।

यादवको शव पोस्टमार्टमका लागि इनरुवा अस्पताल लगिएको छ । मृतकका परिवारलाई आरक्षले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने वार्डेन चौधरीले बताए ।


प्रकाशित : मंसिर २९, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?