कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाँचथरमा जिप दुर्घटना : एकको मृत्यु, दुई घाइते

आनन्द गौतम

ताप्लेजुङ — पाचँथरको फिदिम नगरपालिका–४ मा मंगलबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

पाँचथरमा जिप दुर्घटना : एकको मृत्यु, दुई घाइते

दुर्घटनामा फिदिम नगरपालिका १ का २० वर्षीय अर्जुन शंकरको ज्यान गएको प्रहरीले जनाएको छ । धरानका पार्वत गुरुङ र झापाको गरामनी–१ का अर्जुन मगर दुर्घटनामा घाइते भएका छन ।

उनीहरुको झापाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

बा १९च ५७३६ नम्बरको जिप फिदिमदेखि जोरसाल जाने क्रममा दुर्घटना भएको हो ।

प्रकाशित : मंसिर १७, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?