कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाथीभरामा ढलेकी महिलाको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा दर्शनमा आएकी एक महिलाको शुक्रबार निधन भएको छ । विराटनगर महानगरपालिका ६ की सावित्री खड्का चापागाईंको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयले स्टेचरमा बोकेर काफ्लेपार्टीसम्म ल्याएका थिए । त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले बताए ।

३० वर्षीय सावित्रा श्रीमान् मनिश चापागाईं, ससुरा लगायतका परिवारका ५ जनासँगै दर्शनका लागि पाथीभरा आएकी थिइन् । दिउँसो १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निष्कँदा होमकुण्ड छेउमा लडेपछि त्यहाँ रहेकाले स्टेचरमा सदरमुकामतिर ल्याएका थिए ।

मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याए पनि बचाउन नसकिएको पौडेलले बताए । चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : मंसिर १२, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?