१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चन्द समूहका जिल्ला नेता पक्राउ

डम्बरसिं राई

खोटाङ — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला नेता पक्राउ परेका छन् । चन्द समूहका खोटाङ पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा शुक्रबार बिहान पक्राउ परेका हुन् । 

जनपद र सशस्त्र प्रहरीको संयुक्त अपरेशनमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा क्षेत्रबाट उनलाई पक्राउ गरिएको खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए । उदयपुरको कटारीस्थित प्रहरीमा मुद्धा रहेको र उक्त कार्यालयबाट पक्राउको आग्रहपछि खोटाङ प्रहरीले पक्राउ गरेको डीएसपी चिमोरियाले बताए ।

पक्राउपछि उदयपुर पठाउन लागिएको डीएसपी चिमोरियाले जानकारी दिए । शर्मा उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोटपछि फरार सूचीमा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : मंसिर १२, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?