कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

होम आइसोलेसनमा रहेका धनकुटाका कोरोना संक्रमितको मृत्यु

धनकुटा — धनकुटामा कोरोना भाइरसको संक्रमणका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–४ देब्रेबासका ५८ वर्षीय पुरूष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

होम आइसोलेसनमा रहेका धनकुटाका कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालमा आइतबार संक्रमण पुष्टि भएका उनी धनकुटास्थित घरमा आइसोलेसनमा थिए । मृगौलाका रोगी उनको डायलसिसका क्रममा पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।

मृतकको मंगलबार धनकुटा खोला र तमोर नदी दोभानमा नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । यस्तै, हाल होम आइसोलेसनमा १९ जना संक्रमित रहेका छन् । यसैगरी महालक्ष्मी नगरपालिकाको कोभिड अस्पतालमा ५ जना उपचाररत छन् ।

प्रकाशित : मंसिर ९, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?