सञ्चारकर्मीमा कोरोना देखिएपछि एक साता एफएम बन्द

आनन्द गौतम

ताप्लेजुङ — रेडियोमा कार्यरत तीनजना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएपछि सदरमुकाम फुङलिङबाट सञ्चालित तमोर एफएम एक साताका लागि बन्द गरिएको छ ।

स्टेशन मेनेजर सजन पौडेलले मंसिर १५ गते सम्मका लागि एफएम बन्द गरिएको जानकारी दिए ।

पौडेलका अनुसार एफएमका चार जनाको स्वाब परीक्षण गरिएकोमा तीनजनामा संक्रमण पुष्टि भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर ५ गते श्वाब संकलन गरि पठाइएका ४३ जना मध्ये १० जनाको नतिजा पोजिटिभ आएको छ ।

अधिकांश संक्रमित सदरमुकाम फुङलिङका छन् भने एकजनाक पाथिभरा याङवरक गाउँपालिकाका छन् । पहिला संक्रमण भएका मध्ये एक जना बाहेक अरु सबै निको भएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?