१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये सोमबार बिहान थप २ जनाको मृत्यु भएको छ ।

बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

मृतकहरुमा एकजना इलामका माइनगरपालिका–१ का २५ वर्षीय पुरुष र मोरङको सुन्दर हरैचा नगरपालिकाको विराटचोक बस्ने ६७ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानको सूचना विभागले दिएको जानकारीअनुसार फोक्सो सम्बन्धी दीर्घरोगी इलामका २५ वर्षीय पुरुषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी मधुमेहका दीर्घरोगी मोरङका पुरुषलाई कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवैको शवलाई नियम अनुसार व्यवस्थापन तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ । थपिएका दुईसहित प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गर्दागर्दै मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या १ सय ११ पुगेको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?