ब्राउन सुगरसहित चार जना पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राउन सुगरसहित चार जना पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रहरीले २८ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर ७ बाट चार जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मेचीनगर ७ सिद्धार्थ टोलस्थित अशान्ति राजवंशीको घर डेरामा लिएर लागू पदार्थको कारोबार गर्दै आएका मेचीनगर ७ का २९ वर्षीय सीताराम आङ्देम्बे, २२ वर्षीया मनिषा मगरलाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ब्राउन सुगर बिक्री गरेर राखिएको १ लाख ३३ हजार नगदसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जनाए ।

त्यस्तै ब्राउन सुगर खरिद गर्न धरानबाट आएका धरान ५ बस्ने २४ वर्षीय कल्याण राई र धरान १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई समेत पक्राउ गरिएको छ । प्रहरीले उनीहरु चढी आएको को ३५प ७०१६ नम्बर मोटरसाइकल समेत बरामद गरिएको छ ।

अभियुक्तलाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ७, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमा कोरोना परीक्षण सुरु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा आइतबारदेखि पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण सुरु गरिएको छ ।

यसअघि कोरोनाको शंकास्पद बिरामीको स्वाब संकलन गरि पीसीआर परिक्षण गर्न हेटौंडा र धुलिखेल पुठाउनुपर्थ्यो ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सिन्धुली अस्पताललाई पीसीआर मेसिन दुई महिनाअघि सहयोग गरेसँगै जडान गरी परिक्षण सुरु गरिएको हो ।

सिन्धुली अस्पतालको मातहतमा रहने गरि कमलामाई नगरपालिका-६ शिवनगरमा मेसिन जडान गरि ल्याब सञ्चालनमा ल्याइएको हो । वाग्मती प्रदेश सरकारको एक करोड २५ लाखको लागत र सिन्धुली अस्पतालको १५ लाख बराबरको व्यवस्थापन खर्चमा उक्त ल्या‍ब सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले जानकारी दिए । प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालले कोभिड–१९ पीसीआर ल्याबको सदरमुकाम सिन्धुलीमाढीमा उद्घाटन गरेका छन् । १५ हजार प्रतिव्यक्ति लिएर सुरु भएको स्वाब परीक्षण एकहजार पाँचसयमा झरेको र आगमी दिनमा नि:शुल्क सेवा दिने प्रदेश रकारको योजना रहेको बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै वाग्मती प्रदेश सरकारले हेटौडा, काभ्रे, भक्तपुर, त्रिशुली र सिन्धुलीमा पीसीआर मेसिन जडान गरि सेवा दिएको उनले बताए ।

प्रकाशित : मंसिर ७, २०७७ १८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×