कटुवा पेस्तोलसहित एक जना पक्राउ

भरत जर्घामगर

सिरहा — प्रहरीले सिरहाको औरही गाउँपालिका–५ बाट शनिबार कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । 

कटुवा पेस्तोलसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार औरही गाउँपालिका–५ का २२ वर्षीय रबिन दासलाई कटुवा पेस्तोल र सोमा लाग्ने तीन थान गोलीसहित पक्राउ गरेको हो । औरही गाउँपालिका–५ कै विनोदकुमार यादवलाई पुरानो रिसइबीको कारण दासले कन्चटमा गोली ताकेको भन्दै स्थानीयले प्रहरीमा खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?