१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सेनाद्वारा संखुवासभामा सिलिन्डर बम निष्क्रिय

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको पाँचखपन नगरपालिका–४ फापुङ भन्ने ठाउँमा फेला परेको सिलिन्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहीबार दिउँसो फेला परेको सिलिन्डर बम सेनाले निष्क्रिय पारेको हो ।

सेनाद्वारा संखुवासभामा सिलिन्डर बम निष्क्रिय

पाँचखपन नगरपालिका–४ फापुङदेखि वाना हुँदै खाँदबारी निस्कने कच्ची सडक नजिक झाडीमा राखिएको बम खाँदबारीस्थित नेपाली सेनाको बराह दल गुल्मले निष्क्रिय पारेको हो ।

ओहोरदोहोर गर्ने सर्वसाधारणले शंकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहले सडकमा बेवारिसे अवस्थामा छोडेको बम सेनाले निष्क्रिय पारेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आयार्यले बताए । बम राखेको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित : मंसिर ४, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?